११ श्रावण २०८२, शनिबार

वीरगञ्ज नाकाबाट ५२ अर्ब बढीको भटमासको कच्चा तेल आयात, निर्यात ५५ अर्ब

२१ असार, काठमाडौँ । 

चालु आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज नाकाबाट ५२ अर्ब ५८ करोड रुपैयाँको भटमासको कच्चा तेल आयात भएको छ ।  गत आवको सोही अवधिको तुलनामा भटमासको कच्चा तेल ६१३ दशमलव ४१ प्रतिशत अर्थात् ४५ अर्ब २१ करोड बढीले आयात भएको हो । जबकी गत आवको ११ महिनामा भने सात अर्ब ३७ करोड मूल्यको मात्रै भटमासको कच्चा तेल आयात भएको थियो । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले चालु आवमा यो नाका हुँदै भटमासको प्रशोधित तेल धेरै निर्यात भएको जानकारी दिए ।

‘व्यवसायीले भटमासको कच्चा तेल ल्याएर प्रशोधित गरेर फेरि विदेशी मुलुकमा निर्यात गरेको देखिन्छ,’ उनले भने । वीरगञ्ज नाका हुँदै चालु आवको ११ महिनामा ५५ अर्ब तीन करोड मूल्य पर्ने  प्रशोधित भटमास तेल निर्यात भएको छ । जबकी गत आवको सोही अवधिमा भने आठ करोड ८३ लाखको तेल निर्यात भएको थियो ।  चालु आवको ११ महिनामा यो नाका हुँदै नौ अर्ब ७५ करोड मूल्य पर्ने सूर्यमुखी तेलको कच्चा पदार्थ आयात भएको छ ।

जबकी गत आवको सोही समयमा भने आठ अर्ब चार करोड मूल्यको भएको थियो । वीरगञ्ज भन्सार नाका हुँदै चालु आवको ११ महिनामा आठ अर्ब ४० करोड मूल्य पर्ने तीन करोड ८८ लाख ९५ हजार ३३९ लिटर सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको छ । जबकी गत आवको ११ महिनाको अवधिमा रु नौ करोड ९४ लाख मूल्य पर्ने पाँच लाख २७ हजार २९१ लिटर सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?