११ चैत्र २०८२, बुधबार

१६ असार, काठमाडौँ ।

सम्पत्ति शुद्धीकरणको मुद्दामा दोषी ठहर भएका नागार्जुन नगरपालिकाका निलम्बित मेयर मोहनबहादुर बस्नेतलाई साेमबार सजाय तोकिँदैछ । विशेष अदालतले गत असर ६ गते बस्नेतसहित पद्मा कोलोनी र पद्मा मर्चेन्ट कम्पनी प्रालिका सञ्चालक तथा अध्यक्ष राजुप्रसाद कँडेललाई दोषी ठहर गर्दै जेठ १६ गते सजाय निर्धारणका लागि पेसी तोकेको थियो । फैसला गर्ने न्यायाधीश टेकनारायण कुँवर र रामबहादुर थापाको इजलासले सोमबार उनी विरुद्ध सजाय निर्धारण गर्नेछ ।

बस्नेतले पद्मा कोलोनी र पद्मा मर्चेन्ट कम्पनी प्रालिका सञ्चालक तथा अध्यक्ष राजुप्रसाद कँडेलबाट ९ करोड २२ लाख ४६ हजार ३२ रुपैयाँ ३३ पैसा घुस लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८१ पुस १४ गते मुद्दा दायर गरेको थियो । कँडेलले आफ्नो कम्पनीको नाममा जग्गा प्राप्त गर्न बस्नेतलाई घुस दिएको कसुर ठहर अदालतले गरेको थियो । अदालतले निलम्बित मेयर बस्नेतकी श्रीमती उर्मिलालाई भने सफाइ दिएको थियो । सम्पत्ति शुद्धीकरणको मुद्दामा अख्तियारले १३ करोड १२ लाख ७३ हजार ३२ रुपैयाँको बिगो, दोब्बर जरिवाना तथा १० वर्षसम्मको कैदको मागदाबी अख्तियारले लिएको थियो । यस्तै उनी पदाधिकारीको हैसियतले सम्पत्ति शुद्धीकरणको कसुर गरेकाले थप १० प्रतिशत सजाय पनि हुनुपर्ने मागदाबी अभियोगपत्रमा गरिएको थियो

Post Comment

छुटाउनुभयो कि ?