जबरजस्ती करणी गरेको आरोपमा १ जना पक्राउ

१२ असार, बारा ।
बारामा ५३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा फेटा गाउँपालिका- ३ बस्ने २२ वर्षीय कृष्णा साह तुरहा रहेका छन् । उनलाई बिहीबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

साहले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय छतवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




Post Comment