११ श्रावण २०८२, शनिबार

रुकुमपश्चिममा चट्याङ लागेर एक महिलाको मृ*त्यु

९ असार, रुकुमपश्चिम । 

रुकुमपश्चिममा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । चट्याङ लागेर त्रिवेणी गाउँपालिका–१० बर्नेटीका ५० वर्षीया गणेशा ओलीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार घरभित्र रहेको मिटर बक्समा चट्याङ पर्दा गणेशा आइतबार साँझ एक्कासी बेहोस भएकी थिइन् । तत्काल उद्धार गरी उनलाई जिल्ला अस्पताल सल्ले पुर्‍याएकोमा चिकित्सकले गएराति नै मृत घोषणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?