ट्रान्सफर्मर मर्मत गर्ने क्रममा करेन्ट लागेर विद्युतका कर्मचारीको मृ*त्यु

८ असार, सोलुखुम्बु ।
सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका(११ घुन्सा नुनथलामा करेन्ट लागेर विद्युतका एक कर्मचारीको मृत्यु भएको छ। शनिबार दिउँसो विद्युतको ट्रान्सफर्मर मर्मत गर्ने क्रममा करेन्ट लागेर गम्भिर घाइते भएका सोलु दुधकुण्ड(७ भित्ताखर्क का ३५ वर्षीय रविन बस्नेतको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

गम्भीर घाइते भएका बस्नेतलाई उपचारको लागि जिल्ला अस्पताल फाप्लु सोलुखुम्बु लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट थप अनुसन्धान तथा कानूनी प्रकृया भइरहेको छ।




Post Comment