निरन्तर पहिरोले कालिगण्डकी करिडोर अवरुद्ध
७ असार, गुल्मी ।
निरन्तर पहिरोले कालिगण्डकी करिडोर अवरुद्ध भएको छ । शुक्रबारदेखि जिल्लाको कालिगण्डकी गाउँपालिका वडानम्बर– २ गरगरेस्थित कालीगण्डकी करिडोर बाटोमा माथिबाट पहिरो आई २४ घण्टादेखि सडक पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी ) गंगाबहादुर सारुले बताए । बाटो खुलाउने काम भइरहे पनि निरन्तर ढुंगा सहितको पहिरो झरिरहेकाले समस्या भइरहेको सारुले बताए ।
चट्टानसहितको पहिरो खसेकाले समय लाग्ने उनले बताए । पहिरोले करिडोरका विभिन्न ठाउँमा पहिरोले समस्या निम्त्याएको छ । सडक अवरुद्ध हुँदा जिल्लाको पुर्तिघाट, छिमेकी जिल्ला बागलुङ, स्याङ्जासँगै पोखरा पुग्ने सवारीसाधन गन्तव्यमा पुग्न सकेका छैनन् । त्यस्तै ४ दिन अघि कागण्डकी गाउँपालिका–६ बरम्बा स्थित कालिगण्डकी करिडोर सडकको गुल्मी खण्ड अवरुद्ध भएको थियो । अवरुद्ध सडक मंगलबार मात्रै एकतर्फी खुलेको थियोे । हालसम्म पनि सडक पूर्णरूपमा सञ्चालनमा आउन सकेको छैन् ।
Post Comment