१५ असार २०८२, आईतवार

स्कटल्यान्डले ५ ओभरमा २४ रन बनाउँदा नेपालले लियो ५ विकेट

३ असार, काठमाडौं । 

त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले स्कटल्यान्डविरुद्ध उत्कृष्ठ सुरुवात गरेको छ। टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले ५ ओभरमै स्कटल्यान्डको ५ विकेट लिएको हो। ५ ओभरको खेल सकिँदा स्कटल्यान्डले मात्रै २४ रन बनाएको छ।

नेपालका लागि करण केसीले २, दीपेन्द्र सिंह ऐरी र ललितनारायण राजवंशीले एक एक विकेट लिए। एक विकेट नेपालले रनआउट गर्‍यो।यसअघि पहिलो खेलमा सोमबार नेपाल नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरमा पुगेर पराजित भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment