१५ असार २०८२, आईतवार

मधेश प्रदेशको आगामी वर्षको बजेट मन्त्रिपरिषदबाट पारित

१ असार, जनकपुरधाम :

मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तावित बजेट मन्त्रिपरिषद्को बैठकबाट पारित गरेको छ। आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले बजेट अनुमोदन गरेपछि अब सो बजेट प्रदेश सभामा प्रस्तुत गर्ने तयारी गरिएको हो। मुख्यमन्त्री सतिश कुमार सिंहले मन्त्रिपरिषद्को बैठकबाट बजेट पारित भइसकेको जानकारी दिँदै अब प्रदेश सभा बैठकमा अर्थमन्त्रीले बजेट प्रस्तुत गर्ने बताए।

उनले भने, “मन्त्रिपरिषद्को बैठकबाट बजेट पारित भइसकेको छ। अब प्रदेश सभा बैठकमा अर्थमन्त्रीले बजेट प्रस्तुत गर्नुहुनेछ।” प्रदेशका अर्थमन्त्री सुनिलकुमार यादवले प्रदेशसभामा बजेट वक्तव्य पेस गर्ने कार्यक्रम रहेको मुख्यमन्त्री सिंहले जानकारी दिए। प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम केही दिनअघि सार्वजनिक गरिसकेको छ। नीति तथा कार्यक्रममा समेटिएका प्राथमिकता, लक्ष्य र घोषणाहरूलाई कार्यान्वयन गर्न आगामी वर्षको बजेटले आर्थिक रूपले आधार बनाउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment