२७ जेष्ठ २०८२, सोमबार

प्रधानमन्त्रीसँग छलफल गरेर सिंहदरबार फर्किए गृहमन्त्री

२६ जेठ, काठमाडौँ । 

भिजिट भिसा प्रकरणमा प्रतिपक्ष दलले लगातार संसद् बैठक अवरुद्ध गर्दै आएको समयमा गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन्। आज प्रधानमन्त्री निवास बालुवाटरमा प्रधानमन्त्री ओलीलाई भेटेर गृहमन्त्री लेखक सिंहदरबारमा फर्किएका हुन्। आहिले दिउँसो २ बजे प्रतिनिधि सभाको बैठक बस्दै छ।

भिजिट भिसा प्रकरणमा नाम जोडिएका गृहमन्त्री लेखकको राजीनामा र संसदीय छानबिन समिति गठनको माग गर्दै आएका नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गत जेठ १३ गतेदेखि सदन चल्न दिएका छैनन्। संवैधानिक व्यवस्थाअनुसार जेठ १५ मा बजेट ल्याउन दिए पनि सोपछिको कामकारबाही भने अघि बढ्न सकेको छैन। प्रतिपक्षी दलको अवरोधले सदनमा बजेटमाथिको छलफल नै प्रभावित हुँदै आएको छ।

कांग्रेसले आइतबार साँझ प्रतिपक्षी दलसामु अघि सारेको प्रस्तावमा भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको छानबिनमा सहयोग गर्ने, छानबिनपछि भिजिट भिसा सम्बन्धमा अध्यागमनमा देखिएका समस्याहरूको समाधान गर्न र सुधार गर्न आवश्यक कामबारे सुझाव दिन समिति बनाउने उल्लेख छ। कांग्रेसको उक्त प्रस्तावमा नेकपा (एकीकृत समाजवादी) र राप्रपा पनि सकारात्मक रहेको बुझिएको छ। यद्यपि रास्वपा भने गृहमन्त्रीको राजीनामा र संसदीय छानबिनको पक्षमा अडिग रहेको नेताहरूको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?