गृहमन्त्रीले राजीनामा नदिए संसद्लाई लडाइँको मैदानमा परिणत गर्छौँ : किराती
१७ जेठ, धनकुटा ।
माओवादीका सांसद सुदन किरातीले गृहमन्त्रीले राजीनामा नदिए संसद्लाई लडाइँको मैदानमा परिणत गरिदिने चेतावनी दिएका छन् । शनिबार नेकपा (माओवादी केन्द्र) छथर गाउँपालिकाको अधिवेशनलाई सम्बोधन गर्दै उनले विश्वसामु नेपालीको छवि धमिलो भएको बताएका हुन् । किरातीले भने, ‘भिजिट भिसाको नाममा मानव तस्करी गर्ने नालायक सरकारले आज विश्व सामु नेपालीको छवि धमिलो बनाएको छ । गृहमन्त्रीको राजीनामा र प्रधानमन्त्रीले संसद्मा उभिएर जवाफ नदिए हामी संसद्लाई लडाइँको मैदानमा परिणत गरिदिने छौँ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment