२६ जेष्ठ २०८२, आईतवार

१ सय ७ किलो गाँजासहित बोलेरो चालक पक्राउ

१६ जेठ, सिन्धुली

सिन्धुलीमा लागुऔषध गाँजासहित बोलेरो चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा गरुडा नगरपालिका- ४ रौतहट बस्ने १९वर्षीय गोपाल साह रहेका छन् । शुक्रबार बिहान चार बजेको समयमा प्र.२–०३–००१ च. ५६७१ नं. को पिकअप गाडीमा १ सय ७ किलो गाँजासहित शाहलाई पक्राउ गरिएको सिन्धुलीका प्रहरी प्रवक्ता सुर्य प्रकास सुवेधीले जानकारी दिए ।

मदन भण्डारी राजमार्गमाअन्तर्गत हरिहरपुरगढी गाउँपालिका- २ स्थित झनझनेमा प्रहरीले चेकजाँच गर्नेक्रममा सिमेन्टको बोरोमा प्याक गरेको ७ पोको गाँजा प्रहरीले बरामद गरेको थियो । उक्त गाँजाको तौल १ सय ७ किलो ११ ग्राम रहेको बताइएको छ ।  बरामद भएको गाँजा र चालकलाई जिल्ला प्रहरी कार्यालय सिन्धुली ल्याएर विस्तृत अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment