२६ जेष्ठ २०८२, आईतवार

स्कुटर दुर्घटनामा परेर एकजनाको मृ*त्यु

 

१२ जेठ, जनकपुरधाम ।

जनकपुरधाम उपमहानगरपालिकामा दुई साँढे बीचको जुधाइमा परेर एकजनाको मृत्यु भएको छ । सडकमा दुई साँढे बीचको लडाइँमा परेर स्कुटर दुर्घटना हुँदा जनकपुरधाम उपमहानगरपालिका ७ का ५० वर्षीय सत्तार राइनको मृत्यु भएको हो ।

मधेश प्र.०२–००७ प ९२६६ नम्बरको स्कुटर चढेर जनकपुरधाम ६ पेठियाबजारबाट प्रादेशिक अस्पतालतर्फ गइरहेका बेला सडकमा जुधिरहेका साँढेसँग राति साढे ८ बजेतिर ठोक्किँदा राइन गम्भीर घाइते भएका थिए । उनलाई तत्कालै नजिकैको जानकी हेल्थ केयरमा उपचारका लगिए पनि चिकित्सकले मृत घोषणा गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुण बहादुर सिंहले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment