वैदेशिक रोजगारीका लागि पठाइदिने भन्दै लाखौँ ठगी, दुईजना पक्राउ
११ जेठ, काठमाडौं ।
बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देश लैजाने भन्दै ठगी गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। पीडितलाई लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्कविहीन भएकोका उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा बाराको कोहल्बी नगरपालिका–२ घर भइ काठमाडौँको बूढानीलकण्ठ ५ बस्ने वर्ष ४१ को विष्णुराज उप्रेती र पाँचथर फाल्गुनन्द गाउँपालिका–३ घर भइ ललितपुर महानगरपालिका–२७ बस्ने वर्ष ५८ को शन्त कुमार चेम्जोङ रहेका छन्। उप्रेतीले यूएई पठाइदिने भन्दै ५ लाख ७३ हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ। यस्तै, चेम्जोङले लाटभिया पठाइदिने भन्दै १२ लाख रुपैयाँ ठगी गरेको पाइएको छ। पीडितहरूले दिएको जाहेरीका आधारमा पक्राउ परेका उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।
Post Comment