कम्बोडियामा मेरो ३२ अर्ब लगानी छ भनेर हल्ला फिँजाउने प्रचण्ड हो : ओली
११ जेठ, काठमाडौं ।
प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कम्बोडियाको आफ्नो लगानी छ भनेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हल्ला फिँजाएको आरोप लगाएका छन्।
नेकपा एमालेको बागमती प्रदेशस्तरीय जननिर्वाचित वडाध्यक्षहरुको प्रशिक्षण कार्यक्रमको आज उद्घाटन गर्दै उनले प्रचण्डको हल्लाको पछि माधव नेपाल र झलनाथ खनालहरु लागेको टिप्पणी गरे। ‘कम्बोडियामा मेरो ३२ अर्ब लगानी छ भनेर हल्ला फिँजाउने पुष्पकमल दाहाल ‘प्रचण्ड’ हो,’ ओलीको भनाइ छ, ‘त्यसको पछि लाग्नेहरु माधव नेपाल र झलनाथ खनालहरु हुन्।’
उनले माधव नेपाल पार्टी नेतृत्वमा हुँदा प्रभावकारीरुपमा चलाउन नसकेको समेत आरोप लगाए। ‘माधव र झलनाथले पार्टी प्रमुख हुँदा प्रभावकारीरुपमा चलाउन सकेनन्,’ ओलीको भनाइ छ, ‘पछिसम्म पार्टी चाँही कब्जामा लिएर बस्न खोजे। हामीले निकम्बा, बेठिक र परनिर्भर नेतृत्व विस्थापन गरेर समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय अकांक्षा साथ पार्टीलाई अगाडि बढाउँदा त्यस्ताहरुलाई चित्त बुझेन अनि हामीविरुद्ध षड्यन्त्रमा लागेका छन्।
Post Comment