
९ जेठ,काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानलाई घुँडा टेकाउन सफल भएको बताएका छन् । बिकानेरको पलानामा बोल्दै मोदीले पाकिस्तानको हर्कतको अझै कडा जवाफ दिनेसमेत बताएका छन् । उनले भने, ‘आतंकवादीले धर्म सोधेर हाम्रा बहिनीहरुको सिन्दूर पुछिदिएका थिए, हाम्रा सेनाले पाकिस्तालाई घुँडा टेकाउन बाध्य पारे ।’

उनले अगाडि भने, ‘पाकिस्तानले यो कुरा भुल्यो कि भारत माताको सेवक मोदी यहाँ छाती चौडा पारेर खडा रहेको छ । मोदीको दिमाग ठन्डा छ तर रगत तातो छ । अब त मोदीका नसा नसामा रगत हैन तातो सिन्दूर बगिरहेको छ ।’ उनले भाषणका क्रममा पाकिस्तानलाई घुँडा टेकाउन बाध्य पारेको, २२ मिनेटमा आतंकवादीलाई ठेगानमा ल्याएको, आतंकवादलाई निस्तेज पार्न तीन सूत्र (भारतमाथि आतंकवादी हमला भए त्यसको कडा जवाफ मिल्नेछ, एटम बमको धम्कीले भारत डराउने वाला छैन र भारतले आतंकवादी र आतंकवादीलाई शरण

दिने सरकारलाई एउटै दृष्टिले हेर्छ), मोदीको नसामा रगत हैन तातो सिन्दूर बगिरहेछ, हरेक आतंकवादी हमलाको मूल्य पाकिस्तानले चुकाउने र पाकिस्तानको रहिमयार खान एयरबस आईसीयूमा रहेको बताए । मोदीले बिहीबार पाकिस्तानको सीमा नजिक देशनोकबाट १०३ रेलवे स्टेशनको उद्घाटन पनि गरेका छन् । बिकानेर–बान्द्रा रेललाई हरियो झण्डा झण्डा देखाए । योसँगै २६ हजार करोड भारुका अन्य विकास कार्यको शिलान्यास र उद्घाटन पनि गरेका छन् ।

Post Comment