२६ जेष्ठ २०८२, आईतवार

सिन्धुलीमा स्कारपियो दुर्घटना, सात जना घाइते

 

८ जेठ, सिन्धुली । 

मदन भण्डारी लोकमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका- १४ तल्लो रानीबासमा स्कारपियो दुर्घटना हुँदा सात जना घाइते भएका छन् । झापाबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०१-०२७ च ८७९३ नम्बरको स्कारपियो बिहीबार बिहान साँढे ५ बजे दुर्घटना भएको हो ।

सिन्धुलीका प्रहरी प्रमुख लालध्वज सुवेदीका अनुसार दुर्घटनामा गाडीका चालक झापा शिवसताक्षी नगरपालिका-८ का टेक बहादुर बस्नेत, ताप्लेजुङ सिदिङ्वा गाउँपालिका- ६ का बेनिश कडरिया घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको छ भने उपचारका लागि जनसेवा अस्पताल बर्दिबास पठाएको छ । यस्तै काठमाडौं महानगरपालिका -१५ की पुर्णकाजी महर्जन,  कमल गाउँपालिका -२ झापा की भवानी न्यौपाने र गौरीगंज गाउँपालिका २ झापा का मनोज कुमार ताजपुरिया घाइते भएका छन् ।  घाइते महर्जनको पनि जनसेवा  अस्पतालमा उपचार भइरहेको छ । अन्य घाइतेहरूको सिन्धुलीको भिमानकै मेडिकलमा उपचार भइरहेको प्रहरीको भनाई छ । गाडी अनियन्त्रित हुँदा सडकबाट खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment