सर्लाहीमा राज्यमन्त्रीको गाडीले दिए ठक्कर, घाइतेलाई वास्तानगरी फरार
सर्लाही।
मधेश प्रदेश सरकारका ऊर्जा, सिचाई तथा खानेपानी राज्यमन्त्री शेख अबुल कलाम अजादको परिवार सवार गाडीले ठक्कर दिएको छ।
मंगलबार बेलुका ७ बजे तिर राज्यमन्त्री कलामको मधेश प्रदेश-०२ ००१झ ०२४० नम्बरको गाडीले बा ४३ प १२६३ नम्बरको मोटर साइकललाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय बरहथवा को प्रहरी नायब उपरिक्षक लिलाराज लामिछाने जनकारी दिए।
बरहथवा बाट नयाँरोड तर्फ जाँदै गर्दा बरहथवा नगरपालिका ९ मुक्तेश्वर चौकीस्थित राज्यमन्त्री परिवार सवार गाडीले ठक्कर दिदाँ बरहथवा नगरपालिका-५ हात्तीडण्डाको तीन जना घाइते भएका छन् । घाइतेको उपचार बरहथवा स्थित संजिवनी अस्पतालमा भइरहेको छ। गाडी दुर्घटनापछि चालक सहित राज्यमन्त्रीको परिवार घाइते व्यक्तिहरूको वास्ता नगरी भागेको छ।




