वर्तमान सरकार, संसद र न्यायपालिकाप्रति जनताको विश्वास घट्दै गयो : कांग्रेस सांसद गौतम

४ जेठ, काठमाडौं ।
नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले वर्तमान सरकार, संसद र न्यायपालिकाप्रति जनताको विश्वास घट्दै गएको टिप्पणी गरेका छन्। प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै सांसद गौतमले यस्तो टिप्पणी गरेका हुन्। उनले कांग्रेस र एमालेको संयुक्त सरकार गठन भए पनि सरकार ‘सरकार जसरी’ सञ्चालनमा नआएको बताए। उनले संसद पनि प्रभावकारी रूपमा सञ्चालन नभएको आरोप लगाए।

वर्तमान प्रणालीप्रति जनतामा निराशा बढ्दै गइरहेको बताउँदै सांसद गौतमले वर्तमान सरकारले जनतामा आशा र भरोसा पैदा गर्न नसकेको आरोप लगाए।

Related posts:
कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्न जेनजी मुभमेन्ट नेपालको माग
नेपालमा करिब ४५ प्रतिशत क्षयरोगका बिरामीको पहिचान हुन सकेको छैन : डा.देवकोटा
अमेरिका र इरानको विरोधाभासपूर्ण बयानबिच अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा व्यापक उतारचढाव
अमेरिका र इजरायलद्वारा इरानविरुद्ध सैन्य हमला जारी, प्रतिकारमा इरान



Post Comment