२५ जेष्ठ २०८२, शनिबार

कोशीको बर्खे अधिवेशन आजबाट

 

४ जेठ, काठमाडौं ।

कोशी प्रदेश सभाको बर्खे अधिवेशन आजबाट सुरु हुँदैछ। प्रदेश सभाका कार्यवाहक सचिव गौतम राज अमात्यका अनुसार सातौं अधिवेशनको पहिलो बैठक दिउँसो २ बजे विराटनगरस्थित सभा हलमा बस्नेछ।

बैठकमा कोशी प्रदेश प्रमुख परशुराम खापुङको कार्यालयबाट प्राप्त पत्रबारे जानकारी गराइनेछ। त्यसैगरी, प्रदेश सभामा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका सदस्यहरूले आ-आफ्नो धारणा राख्ने कार्यक्रम रहेको छ। प्रदेश सभा सचिवालयले जनाएअनुसार बैठकमा सरकारले ल्याएको प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८२ पनि टेबुल गरिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?