२६ जेष्ठ २०८२, आईतवार

भारत र पाकिस्तानबीचको तनावका कारण आईपीएल २०२५ स्थगित

२६ वैशाख, काठमाडौँ । 

भारत र पाकिस्तानबीचको बढ्दो तनावका कारण भारतीय क्रिकेट नियन्त्रण बोर्डले आईपीएल २०२५ लाई अनिश्चितकालका लागि स्थगित गरेको छ । यो निर्णय कश्मीरमा भएको हिंसात्मक घटनापछि भारतले पाकिस्तानमा गरेको हवाई आक्रमण र त्यसपछि उत्पन्न भएको सीमा विवादका कारण लिइएको हो । पाकिस्तानले पनि जवाफी कारवाही गर्दै ५० जना भारतीय सैनिकको मृत्यु भएको दावी गरेको छ ।

बीसीसीआई स्रोतका अनुसार बीसीसीआई अहिले राष्ट्रसँग एकजुट हुन चाहन्छ र त्यसैले आईपीएल २०२५ लाई तत्काल प्रभावबाट स्थगित गरेको छ। ‘हालका लागि आईपीएल पुनः प्रारम्भ हुने कुनै निश्चित मिति तय गरिएको छैन । यो निर्णय भारत र पाकिस्तानबीचको बढ्दो तनाव र सुरक्षाको दृष्टिकोणले लिइएको हो‚ बीसीसीआईका एक सदस्यले सञ्चारकर्मीहरुलाई भनेका छन् ।

यसबीच, पाकिस्तान क्रिकेट बोर्डले पाकिस्तान सुपर लिग का बाँकी खेलहरू संयुक्त अरब इमिरेट्समा सार्ने निर्णय गरेको छ । यसको उद्देश्य खेलाडीहरूको सुरक्षालाई सुनिश्चित गर्नु हो । भारतमा भने बीसीसीआईले आईपीएल जारी राख्ने वा नगर्ने निर्णय सरकारको सल्लाह अनुसार लिने बताएको थियो । अहिलेको स्थिति दुवै देशका लागि संवेदनशील रहेको छ र खेलकुद गतिविधिहरूमा पनि यसको प्रत्यक्ष प्रभाव परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment