प्रहरीको बाक्लो उपस्थितिमा पाटन क्याम्पसमा मतदान जारी
२० वैशाख, काठमाडौं ।
ललितपुरको पाटन संयुक्त क्याम्पसमाआज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा मतदान जारी छ। बिहान ८ १५ बजेदेखि मतदान सुरु भएको हो । गत चैत ५ गते हुन नसकेको निर्वाचन आजका लागि सारिएको थियो।
उच्च अदालतको अन्तरिम आदेशपछि क्याम्पसमा विद्यार्थी संगठनहरुसहितको बैठकले आज निर्वाचन गराउने सहमति गरेका थिए । यसअघि चुनावमा धाधली भएको भन्दै अनेरास्ववियु र नेविसंघका विद्यार्थीबीच कुटाकुट भएको थियो । आज भने ठूलो संख्यामा प्रहरी परिचालन गरि मतदान भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment