सुनसरी बाट ९९.३ केजी गाजासहित दुई जना पक्राउ
१६ वैशाख, सुनसरी ।
सुनसरी बर्जु गाउँपालिका- ३ नहर चोकबाट प्रहरीले अवैध लागूऔषध गाजासहित दुई जनालाई पक्राउ गरेको छ । सोमबार राति इलाका प्रहरी कार्यालय सितागंजबाट खटिएको प्रहरी टोलीले भिमपुरबाट अमडुवा तर्फ जाँदै गरेको प्र.१-०२-००२ च. ५१२६ नम्बरको पिकअप गाडीमा गाजा फेला परेपछि २ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले जानकारी दिए।
पिकअप गाडीको डालामा ६ वटा बोरामा लुकाई ल्याएको एकसय ९९.३ केजी गाजा बरामद गरिएको खतिवडाले बताए। गाजा कारोबारमा संलग्न पिकअप चालक धनकुटा नगरपालिका वडा नं.-९ का ३३ वर्षीय उद्धव भण्डारी र सहचालक ३० वर्षीय कबिराज राईलाई नियन्त्रणमा लिइएको छ। उनीहरुलाई इलाका प्रहरी कार्यालय दुहबीको हिरासतमा राखेर थप अनुसन्धान गर्ने कार्य भईरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment