लागूऔषध सहित विभिन्न स्थानबाट २२ जना पक्राउ
१० वैशाख, काठमाडौं ।
अवैध लागूऔषध सहित देशका विभिन्न स्थानबाट २२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। सुनसरी, कोशी गाउँपालिका-१ भन्सार कार्यालय अगाडिबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ ग्राम ६६ मिलिग्राम सहित ५ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा ओखलढुङ्गा चिशंखुगढी गाउँपालिका-४ बस्ने २७ वर्षीय राजन बास्तोला, सुनसरी भोक्राहा नरसिंह गाउँपालिका-६ बस्ने २० वर्षीय अनोज कुमार उराव, सोही नगरपालिका-३ बस्ने २५ वर्षीय अनोज रूपेश कुमार यादव, इटहरी उपमहानगरपालिका-१७ भाटभटेनी बस्ने २० वर्षीय मो. समिर खान र २० वर्षीय राजेश पुरी रहेका छन्।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बिराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो। धनकुटा, धनकुटा नगरपालिका-७ त्रिवेणी बस्ने ५३ वर्षीया अन्जना तामाङ र सुनसरी धरान उपमहानगरपालिका-८ घर भएका २२ वर्षीय मनिस धामीलाई नियन्त्रित लागूऔषध स्पासरेस्ट ४५ ट्याब्लेट, ट्रामाडोल २ सय ५५ ट्याब्लेट र स्पास्पेन ५० ट्याब्लेट सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले अन्जनाको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी दुबै जनालाई पक्राउ गरेको हो। यसैगरी धनकुटा, धनकुटा नगरपालिका-७ बस्ने १९ वर्षीय ओम तामाङलाई नियन्त्रित लागूऔषध स्पासरेस्ट २ सय ५५ ट्याब्लेट, ट्रामाडोल ९० ट्याब्लेट, स्पास्पेन ३ ट्याब्लेट र स्पासमिड ७ ट्याब्लेट सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो।
यसैगरी, धनकुटा, साँगुरीगढी गाउँपालिका-७ लेउती खोलास्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब २० किलोग्राम सहित सोही गाउँपालिका-१ बस्ने २० वर्षीय अबि तामाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरीले मुलघाटबाट धरानतर्फ जाँदै गरेको बा ७३ प ३९१५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो। धनुषा, विदेह नगरपालिका-१ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १२ ग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा जनकपुरधाम उपमहानगरपालिका-८ बस्ने २४ वर्षीय ओमराज शर्मा र महोत्तरी लोहरपट्टी नगरपालिका-७ घर भएका २३ वर्षीय रूपेश कुमार ठाकुर रहेका छन्। प्रहरी चौकी ठाडिझिझाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको ज १३ प १३३७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
काभ्रे, नमोबुद्ध नगरपालिका-७ नौबिसेबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ८७ ट्याब्लेट, नाईट्राजेपाम ६३ एम्पुल, डाईजेपाम २ एम्पुल, नोर्फिन २ एम्पुल र अवैध लागूऔषध गाँजा करिब २ सय ग्राम सहित सोही नगरपालिका-४ घर भई भक्तपुर बोडे बस्ने २२ वर्षीय प्रदिप दर्जी समेत ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी भकुण्डेबेशीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो। कैलाली, कैलारी गाउँपालिका-१ हसुलियाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ६ सय ९० मिलिग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-७ बस्ने २३ वर्षीय आशिष कुमार चौधरी र धनगढी उपमहानगरपालिका-१ शिव मन्दिर बस्ने २७ वर्षीय अजय रसायली रहेका छन्। इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो। दाङ, लमही नगरपालिका-५ स्थित लमही बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम १ सय ५० मिलिग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा राजपुर गाउँपालिका-८ घर भई सोही नगरपालिका-६ गंगटीखोला बस्ने २४ वर्षीय दिपेश चौधरी र घोराही उपमहानगरपालिका-१५ भरतपुर टोल बस्ने प्युठान माण्डवी गाउँपालिका-३ घर भएका २३ वर्षीय राजु थापा रहेका छन्। वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो। कञ्चनपुर, भीमदत्त नगरपालिका-११ गड्डाचौकीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ९ सय २० मिलिग्राम सहित सोही नगरपालिका-३ भासी बस्ने २७ वर्षीय अजय घिमिरेलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो। रूपन्देही, सिद्धार्थनगर नगरपालिका-९ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय १० मिलिग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा चितवन भरतपुर महानगरपालिका-११ बस्ने ३३ वर्षीय महेश लामिछाने र रूपन्देही मायादेवी गाउँपालिका-८ बस्ने २६ वर्षीय अमन सुनार रहेका छन्। विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको संयुक्त टोलीले सोही ठाउँस्थित द होटल अल्ट्राको कोठा नम्बर ४०१ मा बसेका उनीहरूलाई ८ सय मिलिग्राम उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको थियो। साथै उनीहरूले प्रयोग गरेको लु ४९ प ९९७ नम्बरको मोटरसाइकलको भाइजरमा लुकाई राखेको अवस्थामा थप १ ग्राम ५ सय १० मिलिग्राम उक्त पदार्थ फेला परेको हो। यसैगरी रूपन्देही, ओमसतिया गाउँपालिका-१ बालापुर डेरा गरी बस्ने सिद्धार्थनगर नगरपालिका-६ बस्ने २५ वर्षीय रिन्कु हरिजनलाई अवैध लागूऔषध गाँजा करिब ५ किलो ३ सय ग्राम र डिजिटल तराजु १ थान सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको संयुक्त टोलीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो। उल्लेखित सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
Post Comment