शंकास्पद बिल सहितको ट्रक नियन्त्रणमा
२८ चैत, सर्लाही ।
पुर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाही जिल्लाको बागमती नगरपालिका–११ स्थित चेक प्वाइन्टमा शंकास्पद बिल भरपाई सहितको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ। बिर्तामोड, झापाबाट पर्सा तर्फ गइरहेको ना ६ ख ९८७५ नम्बरको ट्रकलाई बुधवार करिब ७:३० बजे इलाका प्रहरी कार्यालय कर्मैयाबाट प्रहरी नायव निरीक्षक सुभाष यादवको कमाण्डमा खटिएको टोलीले रोकेर जाँच गर्दा ट्रकमा लोड गरिएको कवाडको बिल भरपाई शंकास्पद देखिएपछि पक्राउ गरेको हो।
उक्त ट्रकमा लोड गरिएको कवाडको अनुमानित मूल्य १२ लाख ७४ हजार ६९६ रूपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ। शंकास्पद बिलका आधारमा ट्रक र मालसामान नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कर्मैयामा राखिएको प्रहरीले सर्लाहीका प्रहरी नायव उपरीक्षक प्रहरी प्रवक्ता सरोज राईले जानकारी दिनुभयो । अनुसन्धानपछि थप विवरण सार्वजनिक गरिने प्रहरीले जनाएको छ।
Post Comment