२६ जेष्ठ २०८२, आईतवार

पचास शय्याको बेनी अस्पताल भवन निर्माणको अन्तिम चरणमा

 

म्याग्दी, २८ चैतः

बेनीस्थित प्रदेश अस्पतालको ५० शय्या क्षमताको भवन निर्माण अन्तिम चरणमा पुगेको छ । एक १८ करोड ८४ लाख आठ हजार ८९ को लागतमा निर्माणाधीन भवनको ९५ प्रतिशत काम सम्पन्न भएको छ । भवनको रङरोगनको काम पनि अन्तिम चरणमा पुगेको छ ।

भवनदेखि बाहिर पाँचसय मिटर रिङरोड कालोपत्र काम मात्र बाँकी छ । चार हजार नौ सय ६३ वर्गमिटर क्षेत्रफलमा निर्माण गरिएको चारतले तीन वटा भवनको भित्री भागमा झ्यालढोका र टायल राख्ने काम धमाधम भइरहेको छ । विसं २०७२ मा सरकारले बेनी अस्पताललाई १५ बाट ५० शय्यामा स्तरोन्नति गर्ने घोषणा गरेको हो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment