एकैदिन तोलामा २ हजार रुपैयाँले बढ्यो सुनको मूल्य
२७ चैत, काठमाडौं ।
नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेर १ लाख ७५ हजार ४०० रुपैयाँ पुगेको हो ।
यसअघि मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ७३ हजार ४०० रुपैयाँ रहेको थियो । यसैगरी बुधबार चाँदी प्रतितोलामा ५ रुपैयाँले बढेर १ हजार ८३५ रुपैयाँ कायम रहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment