२६ जेष्ठ २०८२, आईतवार

गाजामा इजरायली आक्रमणको विरोधमा मोरक्कोको राजधानीमा प्रदर्शन

 

२४ चैत,  गाजा ।

हजारौं मोरक्कोलीहरू देशको राजधानीमा भेला भई गाजामा फेरि शुरु भएको घातक इजरायली आक्रमणको विरोध गरेका छन्। प्रदर्शनकारीहरू संसद भवन नजिकै भेला भएका थिए। प्यालेस्टिनी झण्डा फहराउँदै, प्यालेस्टिनी जनतासँग ऐक्यबद्धता जनाउँदै नारा लगाउँदै, इजरायलको गाजा नाकाबन्दी तत्काल अन्त्य गर्न आग्रह गरेका छन्।

मोरक्कोका अधिकारीहरूलाई इजरायलसँग सबै राजनीतिक सम्बन्ध तोड्न आह्वान गरेका छन्। यो प्रदर्शन मोरक्को फ्रन्ट फर सपोर्टिङ प्यालेस्टाइन एण्ड अगेन्स्ट नर्मलाइजेसनले धेरै स्थानीय मानव अधिकार समूहहरूसँग मिलेर आयोजना गरेको हो। इजरायलले मार्च २ देखि गाजामा सबै मानवीय सहायताको प्रवेशमा रोक लगाएको छ। पछिल्लो पटकको आक्रमण यता इजरायलले हालसम्म १ हजार ३३५ प्यालेस्टिनीहरूको हत्या गरेको छ। ३ हजार २९७ जना घाइते भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?