२६ जेष्ठ २०८२, आईतवार

मकवानपुरमा बसको ठक्करबाट एक जनाको मृत्यु

 

२४ चैत, हेटौंडा —

मकवानपुरमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मकवानपुर मनहरी गाउँपालिका–९ खरङ्गास्थित पूर्वपश्चिम सडकखण्डमा बसको ठक्करबाट उदयपुर त्रियुगा नगरपालिका–९ का ५८ वर्षीय जितबहादुर प्रधानको सोमबार बिहान मृत्यु भएको हो ।

काठमाडौंबाट जनकपुरतर्फ जाँदै गरेको बा प्र ०१–००६ ख ६७१६ नम्बरको गाडी रोकी बाहिर शौचालय जानको लागि बाटो क्रस गर्ने क्रममा सोही दिशाबाट आउँदै गरेको ना ८ ख १८०९ नम्बरको बसले प्रधानलाई ठक्कर दिँदा मृत्यु भएको हो । बसले ठक्कर दिएर घाइते भएपछि उपचारका लागि हेटौंडा अस्पताल ल्याएकोमा चिकित्कसले मृत घोषणा गरेका थिए । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार बस चालक धादिङ सिद्वलेक गाउँपालिका–३ का २६ वर्षीय मोहन थापा मगरलाई नियन्त्रणमा लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment