११ श्रावण २०८२, शनिबार

झापा र सुनसरीबाट ब्राउन सुगरसहित १२ जना पक्राउ

 

२२ चैत, झापा-

झापा र सुनसरीको विभिन्न स्थानहरूबाट लागु औषध ब्राउन सुगरसहित प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । चैत्र २० गते दिउँसो सुनसरीको कोशी गाउँपालिका-१ स्थितबाट  लाग औषध नियन्त्रण ब्यूरो बिराटनगर र इलाका प्रहरी कार्यालय लौकही सुनसरीबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा इटहरी उप-महानगरपालिका-१६ का ३४ बर्षीय  मनोजकुमार चौधरीलाई २७ ग्राम २७

मिलिग्राम र ईटहरी-६ का २३ बर्षीय  सनम तामाङलाई २६ ग्राम, इटहरी-२ का २७ बर्षीय निरज लिम्बु, २२ बर्षीय  सन्दिप मगरलाई ३ ग्राम ५६ मिलिग्राम, सुनसरी रामधुनी-९ का १६ बर्षीय आदित्या चौधरीलाई २ ग्राम १ मिलिग्राम, रामधुनी- का २६ बर्षीय मनिष चौधरीलाई २ ग्राम ५६ मिलिग्राम, धरान-१७ का २८ बर्षीय बेगराज लिम्बु र ३४ बर्षीय सागर राईलाई ३ ग्राम १३ मिलिग्राम, रानधुनी-५ का २६ बर्षीय बिज्ञान साहलाई ३५ ग्राम ८८ मिलिग्राम ब्राउन सुगर सहित  पक्राउ गरेको छ।

 

त्यस्तै सुनसरी हरिनगर-१ स्थितमा  प्रहरी चैकी भुटाहाबाट खटिएको प्रहरी टोलिले  सोही स्थनाका २०बर्षीय प्रकाश कुमार दाश र २२ बर्षीय रितेश कुमार मण्डललाई प्रतिबन्धित लागु औषध नाईट्राजेपाम-१२० ट्याब्लेट सहित पक्राउ गरेको छ । झापाको अस्थायी  प्रहरी पोष्ट नयाँ बसपार्क झापाबाट गस्तीमा खटिएको प्रहरी टोलिले बिर्तामोड नगरपालीका-४ का ३२ बर्षीय बिकी साहलाई ३४० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । लागु औषध ब्राउन सुगरसहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?