सुनको मूल्यमा नयाँ कीर्तिमान
१७ चैत, काठमाडौं ।
नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य नयाँ कीर्तिमान बनेको छ । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।सुन आज प्रतितोला ६०० रुपैयाँले बढेको छ ।
आज छापावाल सुन १ लाख ७६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । शुक्रबार पनि सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको थियो । आज त्याे तोडिएर अर्को नयाँ कीर्तिमान बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment