झापाबाट तीन जना भुटानी शरणार्थी पक्राउ

१६ चैत,झापा ।
झापामा तीन जना भुटानी शरणार्थी पक्राउ परेका छन्। प्रहरीले शनिबार तीन जना भुटानी शरणार्थीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। अमेरिकाबाट विभिन्न देश हुँदै भुटानी शरणार्थीहरू नेपाल आएको प्रहरीले सूचना पाएको थियो।

सो सूचनाको आधारमा खटिएको टोलीले शनिबार दिउँसो २ बजे दमक नगरपालिका-३ बेलडागी शिविरबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा ३६ वर्षीय आशिष सुवेदी, ३१ वर्षीय सन्तोष दर्जी र ३६ वर्षीय रोशन तामाङ छन्। उनीहरूमाथि थप अनुसन्धान गर्न अध्यागमन विभागमा बुझाउने तयारी छ।

Related posts:
कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्न जेनजी मुभमेन्ट नेपालको माग
नेपालमा करिब ४५ प्रतिशत क्षयरोगका बिरामीको पहिचान हुन सकेको छैन : डा.देवकोटा
अमेरिका र इरानको विरोधाभासपूर्ण बयानबिच अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा व्यापक उतारचढाव
अमेरिका र इजरायलद्वारा इरानविरुद्ध सैन्य हमला जारी, प्रतिकारमा इरान



Post Comment