२६ जेष्ठ २०८२, आईतवार

झापाबाट तीन जना भुटानी शरणार्थी पक्राउ

 

१६ चैत,झापा  । 

झापामा तीन जना भुटानी शरणार्थी पक्राउ परेका छन्। प्रहरीले शनिबार तीन जना भुटानी शरणार्थीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। अमेरिकाबाट विभिन्न देश हुँदै भुटानी शरणार्थीहरू नेपाल आएको प्रहरीले सूचना पाएको थियो।

सो सूचनाको आधारमा खटिएको टोलीले शनिबार दिउँसो २ बजे दमक नगरपालिका-३ बेलडागी शिविरबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा ३६ वर्षीय आशिष सुवेदी, ३१ वर्षीय सन्तोष दर्जी र ३६ वर्षीय रोशन तामाङ छन्।  उनीहरूमाथि थप अनुसन्‍धान गर्न अध्यागमन विभागमा बुझाउने तयारी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?