महासंघले भन्यो– हिंस्रक घटनाबाट ठूलो क्षति पुग्यो, क्षतिपूर्ति चाहियो
१६ चैत, काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघले राजावादी पक्षको आन्दोलनका कारण व्यवसायीहरूको सम्पत्तिमा क्षति पुगेको भन्दै यसको क्षतिपूर्ति माग गरेको छ । महासंघले विज्ञप्ति जारी गर्दै व्यवसायीको पेसा व्यवसाय गर्न पाउने अधिकार हनन् भएको बताएको छ ।
निजी तथा सार्वजनिक सम्पत्तिमाथि हुने गरेको आक्रमण, लुटपाट, आगजनीलगायत गतिविधि निन्दनीय भएको महासंघले जनाएको छ । कुनै पनि स्वरुपमा हुने यस प्रकारका घटनाप्रति महासंघले घोर निन्दा र भर्त्सना गरेको छ । महासंघले सार्वजनिक सुरक्षा सुनिश्चित गर्न र यस्ता घटनाहरूको पुनरावृत्ति रोक्न सम्बन्धित सबैमा आग्रह समेत गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment