२६ जेष्ठ २०८२, आईतवार

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

 

१४ चैत, काठमाडौँ ।

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी नागार्जुन नगरपालिका-६ बस्ने नुवाकोट ककनी गाउँपालिका-४ घर भएका ३६ वर्षीय बिराज तामाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

उक्त मुद्दामा फरार रहेका उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौँ महानगरपालिका-१० नयाँ बानेश्‍वरबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा आवश्यक कारबाहीको लागि प्रहरी वृत्त महाराजगन्ज पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment