बरहथवामा प्रहरीकै अगाडि स्वास्थ्यकर्मीमाथि आक्रमणको प्रयास, प्रहरी मूकदर्शक
लक्ष्मण यादव
९ चैत, सर्लाही । सर्लाहीको बरहथवामा प्रहरीकै अगाडि स्वास्थ्यकर्मीमाथि आक्रमणको प्रयास भएको छ । बरहथवा बजारस्थित सर्लाही गोल्डेन हस्पिटलका स्वास्थ्यकर्मीमाथी शुक्रबार राती एकजना एम्बुलेन्स चालक र ऊनी संगै आएका अर्का एकजनाले गाली गलौज गर्दै आक्रमणको प्रयास गरेका छन् । हस्पिटलका संचालक दिपेश यादवले आफू बिरगंज रहेको बेला स्थानीय एम्बुलेन्स चालक बिक्की यादव र उनी संगै आएका अर्का एकजनाले ड्युटीमा रहेका स्वास्थ्यकर्मीमाथी अभद्र व्यवहार गर्दै हेल्मेटको प्रयोग गरि आक्रमण गर्ने प्रयास गरेको बताए ।
उनले भने, `शुक्रबार राती ९ बजे बिक्कीले आफ्नो एम्बुलेन्स लिएर मेरो हस्पिटल आए र आफ्नो हस्पिटलमा उपचाररत रहेका बिरामीलाई जबर्जस्ति बिरगंज पुर्याइदिने भन्दै स्वास्थ्यकर्मीसंग विवाद गर्न थाले । विवाद भएको खबर पाउनासाथ आफुले नजिकै रहेको इलाका प्रहरी कार्यालय बरहथवाका डिएसपी गौतम थापालाई फोन गरे । तर, डिएसपी थापाले विवाद समाधान गर्न प्रहरी पठाउनुको साटो प्रहरीलाई निन्द्रा लाग्दैन, तिमीहरु एकअर्काको टाउको फुटाएर प्रहरीकहाँ आउ भन्दै उल्टै आफुलाई नै थर्काए।´
राति ९ बजेदेखि सुरु भएको विवाद २ बजेसम्म चल्यो पछि प्रहरी पनि आयो तर, प्रहरीकै अगाडी गुड्डु र उनका साथिले ड्युटीमा रहेका स्वास्थ्यकर्मीमाथी अभद्र व्यवहार र हेल्मेट प्रहारको प्रयास गरिरहेपनि प्रहरी मुखदर्शक बनिरहे । अन्ततः प्रहरीले उनीहरुलाई पक्राउ पनि नगरेको हस्पिटलका संचालक दिपेश यादवले गुनासो गरे । एम्बुलेन्स चालक गुड्डु र उनका साथिले गरेको अभद्र व्यबहार र स्वास्थ्यकर्मीमाथी आक्रमणको प्रयासको भिडियो सिसिटिभी क्यामेरामा रेकर्ड छ ।
हस्पिटलका संचालन दिपेशका अनुसार एम्बुलेन्स चालक गुड्डुले आफ्नो हस्पिटलमा भिडभाड देखेपछि एम्बुलेन्स लिएर आउने र बिरामीलाई फकाइफुलाइ एम्बुलेन्समा बोकेर बिरगंजको हस्पिटलमा पठाउने र संबंधित हस्पिटलका संचालकसंग कमिसन लिने काम गर्दैआएका छन् । स्थानीय एम्बुलेन्स चालक गुड्डु यादवसंग विवाद बारे जानकारी लिन खोज्दा आफू फोनमा केही पनि नभन्ने बताए । इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक डिएसपी गौतम थापाले यो कुनै ठुलो घटना नभएको बताउदै दुबै पक्षलाई छलफलका कार्यालयमा बोलाइएको बताए ।
Post Comment