२६ जेष्ठ २०८२, आईतवार

प्रहरीमा जागिर लगाइदिने भन्दै २.७५ लाख ठगी गर्ने महिला पक्राउ

 

सर्लाही — नेपाल प्रहरीमा जागिर लगाइदिने प्रलोभन देखाएर २ लाख ७५ हजार रुपैयाँ ठगी गरेको आरोपमा सर्लाहीकी एक महिला पक्राउ परेकी छन्।

सर्लाही, लालबन्दी नगरपालिका–१७ की ३२ वर्षीया लक्ष्मी कुमारी महतोले हरिपूर्वा नगरपालिका–५ का शिवम कुमार यादवलाई प्रहरीमा जागिर लगाइदिने भन्दै पटक–पटक गरी उक्त रकम असुलेको उजुरी परेको छ। पीडित पक्षका सिपिन्द्र प्रसाद यादवले ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी जाहेरी दिएपछि प्रहरीले महतोलाई २०८१ साल फागुन ३ गते पक्राउ गरेको हो।

पक्राउपछि सर्लाही जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिइ अनुसन्धान अघि बढाइएको सर्लाही प्रहरी कार्यालयले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?