होली पर्वलाई लक्षित गरी सप्तरीमा ५ सय २३ प्रहरी परिचालन
२७ फागुन, राजविराज — सप्तरी प्रहरीले होली पर्वलाई लक्षित गरी मंगलबार सुरक्षा योजना सार्वजनिक गरेको छ । यसका लागि रिजर्भ टोली, गाडी मोबाइल, पिकेट ड्युटी, पैदल गस्ती, चेकिङ टोली, आकस्मिक चेकिङ, क्यूआरटी परिचालन गरिने एसपी ढकेन्द्र खतिवडाले बताए । ‘११ प्रकारका ड्युटीमा ५ सय २३ प्रहरी परिचालन हुनेछन्,’ उनले भने ।
राजविराजमा भने सुरक्षा निगरानीका लागि ड्रोनको समेत प्रयोग गरिनेछ । सिमानाकाका प्रहरी इकाइहरुले भारतीय प्रहरीसँग समन्वय गरी गैरकानुनी गतिविधि नियन्त्रण र रोकथाम गर्ने, जबरजस्ती रंग दल्ने, लोला हान्ने, मापसे गरी होहल्ला गर्नेलाई तत्काल नियन्त्रणमा लिएर कारबाही गर्ने एसपी खतिवडाले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment