अवैध लागूऔषधसहित तीन जना पक्राउ
२१ फागुन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको चेकिङ एरियाबाट अवैध लागूऔषध कोकिन जस्तो देखिने पदार्थ करिब ३ ग्राम २९ मिलिग्राम सहित सुनसरी घर भएका २५ वर्षीय मनिश राई बुधबार दिउँसो पक्राउ परेका छन् ।

नेपाल एयरलाईन्सको उडानद्वारा हङकङबाट काठमाडौं आएका उनलाई भन्सार कार्यालयको चेकिङ एरियामा जाँच गर्ने क्रममा हातमा लुकाई छिपाई लैजान लागेको अवस्थामा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ ।यसैगरी काठमाडौं, नागार्जुन नगरपालिका-३ डेरा गरी बस्ने सिन्धुली गोलन्जोर गाउँपालिका-५ घर भएका २६ वर्षीय अर्जुन श्रेष्ठलाई नियन्त्रित लागूऔषध डाइजेपाम ५ सय ४० एम्पुल, फेनारगन ५ सय २० एम्पुल, बुप्रेनोर्फिन ५ सय एम्पुल र मोबाइल १ थान सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

इलाम, सूर्योदय नगरपालिका-११ तीनघरेबाट अवैध लागूऔषध सेतो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २० मिलिग्राम सहित इलाम नगरपालिका-५ सुम्बेक बस्ने २६ वर्षीय योगेश राईलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय इलाम र प्रहरी चौकी तीनघरेबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Post Comment