स्ववियु निर्वाचनलाई शान्तिपूर्ण बनाउन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

गृहमन्त्री रमेश लेखकले आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनलाई गम्भीर रुपमा लिएर शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न प्रहरी अधिकारीहरुलाई निर्देशन दिएका छन्। बुधबार बिहान गृह मन्त्रालयमा उनले प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरसहित उच्च पदस्थ प्रहरी अधिकारीहरुलाई मुलुकका विभिन्न क्याम्पसहरुमा हुने स्ववीयु निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा प्रवन्ध मजबुत बनाउन निर्देशन दिएका हुन्।





Post Comment