धनगढीमा ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु
धनगढी । धनगढीमा ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका–३ रानामार्गस्थित सडकमा से २ २२७९ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७५ वर्षीय प्रकाश केसीको सोमबार बिहान मृत्यु भएको हो।
ठक्करबाट गम्भीर घाइते भएका उनको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक कविन्द्र वोहराले जानकारी दिए।उनका अनुसार ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment