सुडानद्वारा २०२४ मा ६४.४ टन सुन उत्पादन

१९ फागुन, काठमाडौं । सरकारी तथ्याङ्कअनुसार जारी सशस्त्र द्वन्द्वको बिचमा सुडानले २०२४ मा सुन उत्पादनमा उच्चस्तर वृद्धि हासिल गरेको छ ।सुडानको खनिज स्रोत कम्पनीले जारी गरेको प्रतिवेदन अनुसार सुडानले २०२४ मा कुल ६४.४ टन सुन उत्पादन गरेको हो । जसबाट सरकारी राजश्वमा लगभग १.६ अर्ब अमेरिकी डलर प्राप्त भएको छ ।






Post Comment