नयाँ बानेश्वरको प्रदर्शनमा झडप, डीएसपी पौडेल घाइते
१८ फागुन, काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा भइरहेको प्रदर्शनमा झडप भएको छ । झडपमा परेर प्रहरी वृत्त सिंहदरबारका डीएसपी गंगा पौडेल घाइते भएका छन् ।
स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिको प्रदर्शनका क्रममा भडप हुँदा डीएसपी पौडेल घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिए । डीएसपी पौडेलको टाउकोमा चोट लागेको छ । अहिले उनको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment