२७ जेष्ठ २०८२, सोमबार

धनगढीको जंगलमा दुईजना मृत फेला

 

१८ फागुन,  कैलाली । कैलालीको धनगढीमा दुईजना मृत फेला परेका छन् । आइतबार बिहान धनगढी उपमहानगरपालिका-९ स्थित शैलेश्वोरी सामुदायिक वन क्षेत्रभित्र एकजना झुण्डिएको र एकजना लडेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव निरीक्षक कविन्द्र बोहराका अनुसार धनगढी उपमहानगरपालिका-१० का देवल चौधरी र सोही स्थानका कैदा राना मृत अवस्थामा भेटिएका हुन् । मृतक देवल चौधरी रुखमा झुन्डिएको अवस्थामा र कैदा राना केही पर पल्टिएको अवस्थामा भेटिएको प्रहरी नायव उपरीक्षक बोहराले बताए ।

मृतक कैदा रानाका छोरा कैलास रानाको मोहना नद‍ीमा गत भाद्र महिनामा डुबेर मृत्यु भएको भएको थियो । छोरा गुमाएको ६ महिनापछि उनको पनि रहस्यमय मृत्यु भएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतक देवल चौधरीका छोरा प्रकाश चौधरीले बुवा राति गाउँको बिहेमा जान्छु भनेर घरबाट निस्किएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?