केपी ओली कपमा आज दुई खेल हुँदै
केपी ओली कप च्याम्पियनसिप फुटबलमा आज दुई खेल हुँदैछन् । मंगलबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने खेलमा एपिएफ एफसी र संकटा एफसी तथा मछिन्द्र एफसी र ट्रान्सपोर्ट युनाइटेड एफसी भुटानबीच प्रतिस्पर्धा हुनेछ ।
बिहान साढे ११ बजे सुरु हुने पहिलो खेलमा एपिएफ एफसी र संकटा एफसी भिड्ने छन् । केपी ओली मछिन्द्र एफसी र ट्रान्सपोर्ट युनाइटेड एफसी भुटानबीचको खेल दिउँसो ३ बजे सुरु हुने छ । हिजो भएको दुई खेलमा केपी एफसी र त्रिभुवन आर्मी क्लब केपी ओली कप च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment