२६ जेष्ठ २०८२, आईतवार

टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार बाबुछोराको मृत्यु

 

काठमाडौं । इलामको रोङ गाउँपालिका-३ हाँसपोखरीस्थित मेची राजमार्गमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा बाबुछोराको मृत्यु भएको छ। इलामबाट झापातर्फ जाँदै गरेको को १ ख ६४६२ नम्बरको टिप्परले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १-०३-००१ प १५८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक सूर्योदय नगरपालिका-६ खादीगाउँका ४० वर्षीय  दीर्घ राई र पछाडि सवार उनका बुबा ७० वर्षीय पवनकुमार राई गम्भीर घाइते भएका थिए । उनीहरूको उपचारको क्रममा बिर्तामोडको बीएन्डसी अस्पतालमा मृत्यु भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?