२५ वटा गोरुसहितको ट्रक नियन्त्रणमा, तस्करीमा प्रहरीनै मिलेको आरोप
५ फागुन, अवैध रुपमा ओसारपसार गरिँदै गरेको अवस्थामा जिल्ला पशु कार्यालय, मकवानपुरले २५ वटा गोरुसहितको ट्रक नियन्त्रणमा लिएको छ। आइतबार राति पशु सेवा कार्यालय मकवानपुरका प्रमुख डा.ब्रजकिशोर ठाकुरको सक्रियतामा २५ वटा गोरुसहितको ट्रक नियन्त्रणमा लिइएको हो। आइतबार साँझ गोरु बोकेको बा प्र-०३-००१ ख १४२४ नम्बरको ट्रक हेटौंडा हुँदै झापा लगिँदै छ भन्ने सूचना प्राप्त भएपछि कार्यालय प्रमुख डा. ठाकुरले उक्त गोरु तस्करी रोक्ने प्रयासमा उत्रिए।
उनी तुरुन्तै प्रहरीको चेक पोष्ट रहेको हेटौंडाको रातोमाटे पुगे। दिउँसो नै तस्करीबारे जानकारी पाएपछि उनी फिल्डमा निस्किएको बताउँछन्। ‘प्रहरी अधिकारीहरूले चेकजाँच गर्दै थिए, तर तस्करी भइरहेको ट्रक प्रहरीकै मिलेमतोमा पास गराउने तयारी भइरहेको उनले देखियो,’ डा. ठाकुरले सोमबार (आज) घटनाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा भने। उनले प्रहरीलाई उक्त गाडी अवैध रूपमा जाँदैछ भनेर जानकारी गराउँदा पनि प्रहरीले ट्रक त्यहाँबाट पथलैयातर्फ पठाइदिएको आरोप लगाए।
Post Comment