‘आमा रचना चलाउनेसँग मामा घर भएको बेला शनिबार साँझ करिब सात बजेतिर बालकलाई चितुवाले आक्रमण गरेर बेपत्ता बनाएछ,’ जिप्रका बर्दियाका डीएसपी ऋषिराम घर्तीले नेपालखबरसँग भने, ‘खोजतलास गर्ने क्रममा दुई घण्टापछि करिब पाँचसय मिटर टाढा बालकको शव फेला परेको हो।’ आँगनमा खेलिरहेका बालकलाई चितुवाले आक्रमण गरेर बेपत्ता बनाएपछि प्रहरी र स्थानीयले खोजी सुरु गरेका थिए।

रचना बाँकेको राप्तीसोनारी गाउँपालिका-५ बाट माइत गएको बेला घटना भएको प्रहरीले जनाएको छ। चितुवाले आक्रमण गर्दा बालकको घाँटी र टाउकोको पछाडिको भागमा गहिरो घाउ देखिएको छ। गएको माघ २५ गते पनि सोही स्थानमा चितुवाले आक्रमण गर्दा ५१ वर्षीया जुनाकुमारी लामिछानेको मृत्यु भएको थियो। गाउँमा चितुवा आतंक बढेपछि स्थानीय त्रसित भएका छन्।

Post Comment