२६ जेष्ठ २०८२, आईतवार

माओवादी केन्द्रले पनि बोलायो संसदीय दलको बैठक

 

१५ माघ, काठमाडौं  संसदको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ । बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम, संसदमा उपस्थिति, सरकारले ल्याएको अध्यादेश लगाएको विषयमा छलफल हुने जनाइएको छ ।

बैठकमा पार्टी अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले विकसित राजनीतिक घटनाक्रमबारे जानकारी गराउनेछ । बैठक बिहीबार दिउँसो १ बजे बस्नेगरी दलको बैठक बोलाइको हो । सरकारबाट बाहिरिएपछि संसदमा माओवादी आक्रामक रूपमा प्रस्तुत हुँदै आएको छ । संसदको हिउँदे अधिवेशन शुक्रवारबाट सुरु हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment