२६ जेष्ठ २०८२, आईतवार

सुनको मूल्य तोलामा ९०० ले घट्यो

 

१५ माघ,  काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेर कारोबार भएको छ । सुनको मूल्य तोलामा ९०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुनको मूल्य प्रतितोला एक लाख ५९ हजार २०० रुपैयाँ कायम छ ।

सोमबार (हिजो) छापावाल सुन प्रतितोला एक लाख ६० हजार १०० रुपैयाँमा किनबेच भएको थियो । चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ८३५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला एक हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?