सातै प्रदेशमा पुग्यो एचपीभी खोप

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, माघ ३, २०८१
|
|
२८ पटक हेरिएको
Shares
सातै प्रदेशमा पुग्यो एचपीभी खोप

सारांश

  • भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ (गाभी) को सहयोगमा खोप नेपाल आएपछि सबै प्रदेशमा पठाइएको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन महाशाखाका निर्देशक डा.
  • पवनजङ्ग रायमाझीले जानकारी दिए ।
  • उनले सबै १७ लाख ७० हजार २० मात्रा खोप नेपाल आइसकेको बताए ।

 

३ माघ,  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खाप सातवटै प्रदेशमा पठाएको छ । भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ (गाभी) को सहयोगमा खोप नेपाल आएपछि सबै प्रदेशमा पठाइएको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन महाशाखाका निर्देशक डा. पवनजङ्ग रायमाझीले जानकारी दिए । उनले सबै १७ लाख ७० हजार २० मात्रा खोप नेपाल आइसकेको बताए ।

निर्देशक डा. रायमाझीका अनुसार गाभीले किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउन एचपीभी खोप निःशुल्क उपलब्ध गराएको हो । संघीय सरकारले २२ माघदेखि ६ फागुनसम्म देशभरि कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ९ सय किशोरीलाई खोप लगाइने जनाएको छ । कुन प्रदेशमा कति खोप ? महाशाखाका निर्देशक डा. रायमाझीले कोशी प्रदेशमा २ लाख ७५ हजार एक सय ८० मात्रा, मधेशमा ३ लाख ८० हजार ४ सय ६०, बागमती हेटौँडाका लागि १ लाख २५ हजार ८ सय, बागमती भक्तपुरका लागि २ लाख १८ हजार २ सय ८० मात्रा पठाइसकिएको जानकारी दिए ।

यसैगरी, गण्डकी प्रदेशमा एक लाख ३० हजार आठ सय ७० मात्रा, लुम्बिनीमा दुई लाख ९८ हजार नौ सय १० मात्रा, कर्णालीमा एक लाख २४ हजार चार सय मात्रा र सुदूरपश्चिममा एक लाख ८७ हजार एक सय २० मात्रा खोप पठाइएको छ । प्रदेशले खोपलाई सुरक्षित भण्डारण गर्ने र आ-आफ्नो जिल्लामा पठाउने उनले बताए । उक्त खोप एक मात्रा लगाएपछि पुग्ने महाशाखाका निर्देशक डा. रायमाझीले जानकारी दिए । उनका अनुसार नेपालमा हरेक वर्ष पाठेघरको मुखको क्यान्सरबाट चार जना महिलाको मृत्यु हुने गरेको छ ।पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ह्युमन पापिलोमा भाइरसको संक्रमण रहेकाले त्यसविरुद्ध खोप लगाउनुपर्ने डा. रायमाझीले बताए । नेपालमा सबैभन्दा बढी महिलामा लाग्ने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर र त्यसपछि स्तन क्यान्सर रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संविधान संशोधन कार्यदलको पहिलो बैठक आज बस्दै
संविधान संशोधन कार्यदलको पहिलो बैठक आज बस्दै
अबदेखि शुक्रबार पनि शेयर कारोबार हुने, आइतबार बन्द रहने
अबदेखि शुक्रबार पनि शेयर कारोबार हुने, आइतबार बन्द रहने
बजेटमा कमला पुललाई समेट्न सिरहाबासीको माग
बजेटमा कमला पुललाई समेट्न सिरहाबासीको माग
हेटौंडामा १५ दिनभित्र सडक सीमाभित्रका संरचना हटाउने अल्टिमेटम, कार्यान्वयनबारे भने शंका
हेटौंडामा १५ दिनभित्र सडक सीमाभित्रका संरचना हटाउने अल्टिमेटम, कार्यान्वयनबारे भने शंका
राप्रपाले बोलायो केन्द्रीय कार्यसमितिको बैठक
राप्रपाले बोलायो केन्द्रीय कार्यसमितिको बैठक
टेलिकमको बिलिङ प्रकरणमा अध्ययन प्रतिवेदन तयार, सञ्चारमन्त्री भन्छन् : हस्तक्षेप गर्दैनौं
टेलिकमको बिलिङ प्रकरणमा अध्ययन प्रतिवेदन तयार, सञ्चारमन्त्री भन्छन् : हस्तक्षेप गर्दैनौं
करिब दुई घण्टापछि पुनः सञ्चालनमा आयाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
करिब दुई घण्टापछि पुनः सञ्चालनमा आयाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
धान उत्पादनमा आत्मनिर्भर बन्नुपर्नेमा राष्ट्रपतिको जोड
धान उत्पादनमा आत्मनिर्भर बन्नुपर्नेमा राष्ट्रपतिको जोड
आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै
आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै
१० किलो गाँजासहित तीन भारतीय पक्राउ
१० किलो गाँजासहित तीन भारतीय पक्राउ