११ श्रावण २०८२, शनिबार

हृदयघातबाट बच्न छाेड्नै पर्छ यी ५ बानी

२९ भदौं, हृदयघातबाट छाेड्नै पर्छ यी ५ बानी ।

अनियमित खानपानका कारण तपाईलाई धेरै किसिमका रोगहरु लाग्न सक्छन् । समयमा खाना नखानु, धेरै खाना खानु जस्ता अनियमित खानपानका कारण शरीरमा नराम्रो असर परिरहेको हुन्छ । निम्नानुसार खाना खाने बानि छ भने तपाईलाई हृदयघात पनि हुन सक्छ । त्यसैले हृदयघातबाट जाेगिन यस्ता पाँच अादतहरू तपार्इकाे पनि छ भने आजैबाट छाेड्नुहाेस् ।

  • १ बिहानको खाजा नखानु

बिहान सहि समयमा खाजा नखाने र लामो समयसम्म भोकको रहँदा मोटोपन बढ्छ । यसले छिटो शरीरको धड्कन बढ्न सुरु हुन्छ र मुटुमा नराम्रो असर पर्छ । बिहानको खाजा नखानेहरुमा हृदयघातको खतरा २७ प्रतिशत धेरै हुन्छ ।

  • २ खाना खानुपछि गुलियो खानु

खाना खाए लगतै गुलियो चिज खाँदा चिनीको मात्रा छिटो बढ्छ । यसले मोटोपन बढ्छ र हृदयघात हुने डर बढ्छ ।

  • ३ धेरै मसला भएको खाना

धेरै पिरो र मसालेदार खाना खाँदा शरीरमा रगत सञ्चालनको प्रक्रिया बढ्छ । यसले हृदयघातको खतरालाई बढाउँछ ।

  • ४ धेरै चिल्लो खाना खानु

धेरै चिल्लो खाना खानाले शरीरमा धेरै बोसो जम्मा हुन्छ । यसले कोलेस्ट्रोल बढाउँछ । जसले गर्दा हृदयघातको खतरा बढ्छ ।

  • ५ धेरै मोटो मासु खानाले

सधै मोटो मासु जस्तै मटन र बीफ खानाले शरीरमा बोसोको मात्रा बढ्न जान्छ । यसले शरीरमा कोलस्ट्रोलको मात्रा बढाउँछ र हृदयघात हुने सम्भावना बढ्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?